१२ श्रावण २०८१, शनिबार

अवरुद्ध कोहलपुर–चिसापानी सडकखण्ड खुल्यो
  • न्युज मानसराेवर

बाँके\ रत्न राजमार्गअन्तर्गत् अवरुद्ध कोहलपुर–चिसापानी सडकखण्ड खुलेको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वृद्धको मृत्यु भएपछि आफन्त र स्थानीयले वानियाभारमा मध्यान्ह सडक अवरुद्ध गरेका थिए ।

तीन दिनअघि मोटरसाइकलको ठक्करबाट बाँके बैजनाथ गाउँपालिका ४ वानियाभारका ६३ वर्षीय वीरबहादुर वली घाइते भएका थिए । उनको उपचारका क्रममा कोहलपुुर मेडिकल कलेजमा शनिवार मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाइकल चालकलाई पक्राउ गर्नुपर्ने, उचित क्षतीपूर्ति दिनुपर्ने लगायतका माग राखेर उनीहरुले सडक अवरुद्ध गरेका थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार, ठक्कर दिने मोटरसाइकल र चालकलाई पर्सिसम्म उपस्थित गराउने प्रहरीले प्रतिबद्धता जनाएपछि स्थानीय बाटो खुलाउन सहमत भएका हुन् ।

बैजनाथ गाउँपालिका ५ का प्रकाश बस्नेतले चलाएको मोटरसाइकलले वलीलाई ठक्कर दिएको थियो । यद्यपी बस्नेत भने अझै फरार छन् ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech