१२ श्रावण २०८१, शनिबार

मुगु आगलागी पीडितलाई कर्णाली सरकारले राहत दिने
  • न्युज मानसराेवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु आगलागीबाट पीडित भएकालाई प्रदेश सरकारले राहत दिने घोषणा गरेका छन् । विहान वक्तव्य जारी गर्दै उनले नागरिकको दुखमा सरकार रहेको बताए ।

मुगु सदरमुकाम छायानाथ रारा नगरपालिका-१ गमगढीको मुख्य बजारमा गएराति १२ बजेदेखि सल्किएको आगोले १८ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका थिए । बिहान ४ बजेतिर मात्र आगो नियन्त्रणमा आएको थियो ।

अहिले विहानैदेखि नेपाल प्रहरी, नेपाली सेनालगायतको टोलीले भग्नावशेष पन्छाएर आगो पूर्ण रुपमा निभाउने काम गरेका थिए ।

आगलागीबाट पृथ्वीजंग शाह, छत्रबहादुर मल्ल, गुरु लामा, तोर्चे लामा, ठिल्ले लामा, छिरिङ लामा, सोनाम लामा, तोर्चे लामा, टासी लामा, पेमा छिरिङ लामा, गोमा शाही, दानबहादुर हितान, जानबहादुर हितान, जनकबहादुर मल्ल, झोवा लामा, आंगेल लामा, गोर्खबहादुर मल्ल र सुवास मल्लको घर पूर्ण रुपमा ध्वस्त भएको छ ।

त्यस्तै लक्ष्मी शाही, विशाल मल्ल र कमला खड्का भामको घुम्ती पसल पनि पूर्ण रुपमा नष्ट भएको छ ।

  • ३० कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech