१२ श्रावण २०८१, शनिबार

बाँकेमा बुधबार प्रतिनिधी सभा क्षेत्रको मनोनयन
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको ३ वटा प्रतिनिधी सभा क्षेत्रमा बुधबार (मंसिर ८ गते) बाट निर्वाचन कार्यक्रम सुरु हुने भएका छन् ।

बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा बुधबार बिहान १० बजेबाट एकैसाथ मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायत निर्वाचन कार्यक्रम सुरु हुने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए । उनका अनुसार उम्मेदवारी मनोनयन पश्चात तीन वटै क्षेत्रमा बिहीबार( मंसिर ९ गते) मतदान कार्यक्रम सम्पन्न गरिनेछ ।

निर्वाचनमा खटाउनुअघि तीन वटै क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखिकरण गरिनेछ । प्रतिनिधी सभा क्षेत्रको निर्वाचनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधी निर्वाचित हुने सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीले जानकारी दिए ।

जिल्ला निर्वाचन परिचालन समिति बाँकेको सोमबार बसेको बैठकले क्षेत्रको निर्वाचनलाई पनि शान्तिपूर्ण रुपले सम्पन्न गर्नका लागि दक्ष जनशक्ति परिचालन, शान्ति सुरक्षा तथा अनुगमनलाई ब्यापकता दिने निर्णय गरेको नेपाली कांग्रेस १४ औं महाधिवेशन जिल्ला निर्वाचन परिचालन समिति बाँकेद्धारा जारी गरिएको प्रेस नोटमा उल्लेख छ ।

  • ६ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech