१३ बैशाख २०८१, बिहीबार

बाँके जिल्लाकै दोस्रो बाल विवाह मुक्त घोषणा गाउँपालिका बन्यो बैजनाथ
  • न्युज मानसराेवर

बाँके  बैजनाथ \ बाँकेको बैजनाथ गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । बाँके जिल्ला कै दोस्रो  बालविवाह मुक्त पालिका  आज एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

गाउँपालिकाका  आठवटै वडालाई चरणबद्ध रुपमा बालविवाह मुक्त घोषणा पश्चात गाउँपालिकालाई बाल विवाह गाउँपालिका मुक्त गरिएको हो ।

बैजनाथ  गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले बाँके जिल्लाको दोस्रो स्थानीय तहको रुपमा बैजनाथ गाउँपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरेका हुन् ।

बाँकेका आठ पालिका मध्ये यसअघि जिल्लाको जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको थियो ।

बैजनाथ गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरे लगत्तै बाँकेमा बालविवाह मुक्त हुने पालिकाको संख्या दुई पुगेको छ ।

अहिले जिल्लाका अन्य पालिका समेत वडालाई बालविवाह मुक्त गर्ने अभियान संचालन रहेको छ ।  जिल्लाका ८१ वटा वडा मध्ये अहिलेसम्म २९ वटा वडा बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।

कार्यक्रमका प्रमुख अथिति  जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले बाँके जिल्ला अहिले बालविवाह मुक्त गर्ने अभियानको चरणमा रहेको बताए ।

जिल्लालाई नै बालविवाह मुक्त बनाउने अभियान अन्तर्गत बैजनाथ  बालविवाह भएको छ ।’उनले बैजनाथ जिल्लाकै दोस्रो पालिकाको रुपमा घोषणा भएसँगै जिल्ला समन्वय समितिले प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

यस्तै अन्य पालिकाले समेत फागुन समान्तसम्म बालविवाह मुक्त घोषणा गरेमा १० लाख रुपैयाँ दिने जिल्ला समन्वय समितिको अभियान नै रहेको श्रीवास्तवले बताए । जिल्लालाई शुन्य बालविवाह बनाउन सबै एकजुट हुनुको विकल्प छैन ।’ उनले सम्पूर्ण सरोकारलालाई बालविवाह मुक्त घोषणालाई सार्थक तुल्याउन सबैको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले कार्यक्रमका प्रमुख अथिति अजय श्रीवास्तवलाई मायाको चिनो प्रदान गरेका थिए ।

यसै गरी स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले बाँके जिल्लालाई बालविवाह बनाउने अभियानको राम्रो सुरुवात भएको बताए । उनका अनुसार स्थानीय तहको साझेदारीमा सुरु भएको अभियानलाई सफल बनाउन स्थानीय तह नै अग्रसरता लिनुपर्छ ।‘बालविवाह मुक्त अभियानको सुरु हाम्रो संस्थाले गरेको हो । अब यसको तीन वर्षे कार्यकाल सकिएको छ । बाँकी काम पुरा गर्ने जिम्मेवारी स्थानीय तहको काँधमा आएको छ उनले भने ।

कार्यक्रममा नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव प्रेम सुवेदीले बालविवाह मुक्त अभियान कार्यान्वयनको लागि आफ्नो दलका कार्यकर्तालाई आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसै गरी कार्यक्रममा किसोरी क्लब सञ्जाल अध्यक्ष अनु रावत लगाएतले गाउँपालिकाको विशेष अभियानका लागि धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी लगाएतले अथितिहरुले बाल विवाह मुक्त बनाउ सहयोग गर्ने संघ संस्था किसोरी क्लब बाल क्लब प्रहरी लगाएत लाई सम्मान गरेका थिए ।

कार्यक्रममा बाल विवाह घोषणाका मुख्य आधारहरु बारे महिला तथा बालवालिका जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवालीले कार्यक्रममा सहजीकरण गरेकी थिइन। मुख्य रुपमा गाउँपालिकालाई बाल विवाह मुक्त बनाउने ४ आधार बारे जानकारी गराइएको थियो ।

बाल विवाह मुक्त बनाउनका निम्ति स्थानीय तहका बाल विवाह मुक्त घोषणा गर्न नीति र कानूनी व्यवस्था यसै गरी एक वर्षमा पालिका स्तरमा बाल विवाहको दर्ताको तथ्यांक हेरीएको छ ।

त्यसै गरी  तेस्रो प्रहरी कार्यालयमा बाल विवाह विरुद्ध परेका उजुरी र चौथो बाल विवाह बारे पालिका स्तरका टोलबस्तीमा सर्भेक्षण गरी बाल विवाह बारे सर्वसाधारणको बुझाइ र बाल विवाहको उजुरी बारे सर्वेक्षण गरिएको ज्ञवालीले कार्यक्रममा जानकारी गराइन।

स्वागत मतव्य बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले गरेकी थिइन ।

भने कार्यक्रमको सहजीकरण बैजनाथ गाउँपालिका सुचना अधिकारी तप्त राज आचार्यले संचालन गरेको कार्यक्रको अध्यक्षता बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल गरेका थिए ।

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech