१२ श्रावण २०८१, शनिबार

सवारी दुर्घटनामा माओवादी नेता टंकमणिको मृत्यु
  • न्युज मानसराेवर

दाङ\ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

दाङबाट बुटवल फर्कंदै गर्दा गएराती साँढे ९ बजेतिर पूर्वबाट पश्चिम आउदै गरेको ना७ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु२६प ५८९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिई घाइते बनाएको थियो ।

घाइते भएपछि बुटवल स्थित लुम्बिनी सिटिमा उपचारका क्रममा बुधबार विहान ६ बजे मृत्यु भएको नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए ।

शहीद स्मृती प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज थिए।

५५ बर्षीय बन्जाडेको निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गरिने संयोजक जिसीले बताए ।

अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडे हाल बुटवल जीतगढीमा बस्दै आएका थिए । उनको श्रीमती, १ छोरा र १ छोरी छन् ।

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech