१२ श्रावण २०८१, शनिबार

बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्रमा मतदान जारी
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका प्रतिनिधी सभा क्षेत्रमा बुधबार(आज) मतदान चलिरहेको छ। क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा फरक फरक समयमा मतदान सुरु भएको हो ।

क्षेत्र नम्बर १ मा बिहान ९:३० बजेबाट मतदान सुरु भएको मतदान अधिकृत मेहरसिंह खत्रीले जानकारी दिए । यसैगरी क्षेत्र नम्बर २ मा १२ बजे तिर मतदान सुरु भएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए ।
यस्तै क्षेत्र नम्बर ३ मा बिहान ११ बजेबाट मतदान सुरु भएको मतदान अधिकृत बिरेन्द्र यादवले जानकारी दिए ।

क्षेत्र नम्बर १ को कोहलपुर स्थित भेरी शीत भण्डार, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को कपास बिकास समितिलाई मतदान केन्द्र तोकिएको छ ।

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech