बाँके\ नेकपा माओवादी केन्द्रको खजुरा गाउँपालिकाको अधिवेशन सुरु भएको छ । उद्घाटन सत्रको प्रमुख अतिथि माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य, बाँके जिल्ला संयोजक तथा प्रदेश सांसद आइपी खरेलले गरेका छन ।
सम्मेलन उत्साहपुर्वक हुन थालेको खजुराका कान्तु गौतमले भनेका छन । नेता तथा खजुरा गाउँपालिका इन्चार्ज डम्बर बिक तुफान, सहिद परिवारका तर्फबाट कान्तु गौतम, कम्युनिस्ट अग्रजका तर्फबाट मानबहादुर वली लगायतले सम्मेलनमा शुभकामना व्यक्त गरेका छन ।
उद्घाटन कार्यक्रममा सहिद परिवारहरु, जेष्ठ कम्युनिस्ट आन्दोलनका अग्रजहरु, खजुरा क्षेत्रमा योगदान पुर्याएका क्रान्तिकारी बुद्दिजिवीहरुलाई सम्मान गरिएको बताइएको छ ।
धनराम वलीको संचालन र पालिका अध्यक्ष राजकुमार बिकको अध्यक्षतामा संचालन भएको पालिकाको अधिवेशन सम्पन्न गर्न ८ वटा वडाका २ सय बढी प्रतिनिधिको सहभागिता रहेको जानकारी गराइएको छ ।