१२ श्रावण २०८१, शनिबार

बाँकेकी उत्कृष्ट स्वयंसेविका सम्मानित
  • न्युज मानसराेवर

बाँके\ १८ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस–२०७८ को अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान गरेको छ । नगरका २३ वटा वडामा कार्यरत मध्ये २३ जनालाई दिवसको अवसरमा सम्मान गरिएको हो ।

दिवसको अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिका कार्यालयबाट प्रभातफेरी निकालिएको थियो ।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले स्वास्थ्य क्षेत्र सुधारका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

महिला स्वास्थ्य स्वयमसेविका संघका अध्यक्ष मनकुमारी सिलवालले कठिन अवस्थामा पनि घरघरमा पुगेर सेवा दिएको भन्दै आफुहरुका लागि राज्यले जीवनयापनका लागि ध्यान दिनुपर्ने माग गरे ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्दका अनुसार नगरमा १६८ जना स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत छन् ।

  • १९ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech