८ बैशाख २०८१, शनिबार

श्रीमातीले गरिन रड प्रहार गरी श्रीमानको हत्या
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुरमा श्रीमातीले श्रीमानको हत्या गरेकी छिन । हत्या हुनेमा कोहलपुर नगरपालिका वडा नं. ७ को रजगडवाका ३० वर्षिय लक्ष्मण हरिजनको २५ वर्षिय श्रीमाती ओरबी हरिजनले हत्या गरेकी कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रबिन्द्र खनालले जानकारी दिएका छन ।

डिएसपी खनालका अनुसार, श्रीमान लक्ष्मणले सधैं मदिरा सेवन गरी श्रीमातीलाई कुटने गर्दथे।त्यही रिसको झोकमा गत शनिबर राती श्रीमाती ओरबीले रडले लगातार टाउकोमा प्रहार गरेकी खनालले बताए । रडको प्रहारबाट श्रीमान लक्ष्मण बेहोस भएका थिए ।

घाइते लक्ष्मणको उपचारको क्रममा आइतबार मृत्यु भएको थियो ।ओरबीलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

  • २० मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech