१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट भेरी अस्पतालमा एक पुरुषको मृत्युु
  • न्युज मानसराेवर

बाँके\ कोरोना संक्रमणबाट भेरी अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । बर्दिया, मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियामा यही मंसिर ४ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो । त्यसपछि उनी मंगलबार(हिजो) भेरी अस्पतालमा आएर भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार राती १० बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

योसँगै बाँकेका ३ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको केन्द्रका फोकल पर्सन ओलीले बताए ।

  • २२ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech