१४ बैशाख २०८१, शुक्रबार

रामचन्द्रलाई शेखरले भने– ‘म अगाडि बढेँ, आशीर्वाद दिनुस्’
  • न्युज मानसराेवर

बाँके\  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको साझा उम्मेदवार बन्न प्रकाशमान सिंहको सहमति लिन नसकेपछि डा. शेखर कोइराला सभापतिको उम्मेदवारीका लागि अगाडि बढेका छन् ।

उनले वरिष्ठ नेता पौडेललाई भेटेर आफू सभापतिका लागि अगाडि बढिसकेको भन्दै आशीर्वाद दिन आग्रह गरेका छन् ।

‘मैले लामो समयदेखि सभापतिमा उठ्ने तयारी गरेको छु । अब प्रकाशमान उठेपनि म पछि हट्दिनँ । मलाई तपाईं र शशांकको समर्थन एवं आशीर्वाद चाहियो भनेर उहाँ (शेखर)ले रामचन्द्र पौडेससँग भन्नुभएको छ,’ शेखरका स्वकीय सचिव दिनेश थपलियाले लोकान्तरसँग भने ।

शेखरले बिहीवार बिहान जिल्ला र प्रदेशका नेतासँग पनि छलफल गरेका थिए । छलफलमा अधिकांशले शेखरलाई अगाडि बढ्न सुझाव दिएका छन् ।

  • २३ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech