१२ श्रावण २०८१, शनिबार

कांग्रेस महाधिवेशनः साँझ ६ बजेसम्म खस्यो २८०९ मत
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सोमवार भएको निर्वाचनमा साँझ ६ बजेसम्म दुई हजार ८०९ मत खसेको छ ।

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।

बिहान ८ बजे मतदान हुने भनिए पनि साढे ११ बजेपछि मात्रै मतदान शुरू भएको हो ।

सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दिएका छन् । देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिको उम्मेदवार छन् ।

राति ९ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ । कांग्रेस महाधिवेशनमा ४७ सय ४३ मतदाता छन् ।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech