१४ बैशाख २०८१, शुक्रबार

राँझा विमानस्थलको गेटमा प्रदर्शन
  • न्युज मानसराेवर

बाँके \नेपालगञ्जस्थित राँझा विमानस्थलको गेटमा मंगलवार प्रदर्शन गरिएको छ । असल शासन क्लव बासको अगुवाइमा विमानस्थलको अस्तव्यस्तता विरुद्ध प्रदर्शन गरिएको हो ।

विमानस्थल असुरक्षितसँगै व्यवस्थापन अस्तव्यस्त भएको भन्दै शान्तिपूर्णरुपमा प्रदर्शन गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए । विमानस्थल क्षेत्रको झाडी सफाइ नहुँदा जंगली जनावरहरु विमानसँंग पटकपटक ठोक्किने गरेका छन् ।

अहिलेसम्म ठूलो क्षती नभएपनि जोखिम उच्च देखिएको छ । नागरिक उडड्यन कार्यालयले विमानस्थललाई आकर्षक र सुरक्षित बनाउन चासो नै नदिएको शाहले बताए ।

बासले विमानस्थलमा एनाउन्स गर्ने कर्मचारी राख्नुपर्ने, तत्काल झाडी सफाइ गर्नुपर्ने, पार्किङलाई व्यवस्थित गराउनुपर्नेलगायतका माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिएको जनाएको छ ।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech