२६ बैशाख २०८१, बुधबार

कोहलपुरमा खुकुरी च्यापेर स्कुल जान्छन् विद्यार्थी
  • न्युज मानसराेवर

कोहलपुर \ सोमबार दिउँसो कोहलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालय (मावि) हाताभित्रबाट दुई विद्यार्थी खुकुरीसहित पक्राउ परे । विद्यालय हाताभित्रै खुकुरी देखाएर अन्य विद्यार्थीलाई धम्क्याउने, डराउने गरेपछि प्रहरीले उनीहरुलाई खुकुरीसहित पक्राउ गरेको हो ।

यति मात्र होइन गत शुक्रबार पनि सोही स्कुलमै अध्ययनरत दुई छात्र खुकुरीसहित पक्राउ परेका थिए । उनीहरु भने विद्यालयभन्दा बाहिरबाट पक्राउ परेका हुन् । पाइन्टले छोपेर खुट्टामा लुकाइछिपाइ पारेका कक्षा ९ मा अध्ययनरत १५ वर्षीय छात्र खुकुरीसहित सोमबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

उनीसँगै १८ वर्षीय उनका साथीसमेत विद्यालय परिसरभित्रबाटै पक्राउ परेका थिए । ‘खुकुरीसहितका घरेलु हातहतियार लिएर कक्षाकोठामा केही विद्यार्थी गएको सूचनाको आधारमा प्रहरी टोली पुगेको थियो,’ उनले भने, ‘सोही क्रममा शरीरमा लुकाइछिपाइ राखेको खुकुरीसहित दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएका हौं ।’

पक्राउ परेका छात्रहरुले आफ्नो सुरक्षाको लागि खुकुरी बोकेको प्रहरी अनुसन्धानबाट खेले पनि उनीहरुले अर्को समूहलाई आक्रमण गर्ने भनेर खुकुरी बोकेर विद्यालय आएका थिए । पक्राउ परेका दुई छात्रले विद्यालय बाहिरका दुई स्थानमा रडसमेत लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

‘छात्रहरुले जे भने पनि आक्रमण गर्ने उद्देश्यले नै घरेलु हातहतियार बोकेर आएको देखिन्छ,’ एक प्रहरीले भने, ‘समयमै खुकुरीसहित दुवैजनालाई नियन्त्रणमा

लिन नसकेको भए ठूलो घटना घट्नेवाला थियो । समयमै जानकारी आएकोले त्यो टरेको छ ।’
१५ वर्षीय छात्रले खुट्टामा लुकाएर खुकुरी राखेका थिए । शुक्रबार पक्राउ परेका छात्रले समेत बाटोमा खुकुरी लिएर हिँडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई भाग्दै गर्दा पक्राउ गरेको थियो ।

त्रिभुवनमै अध्ययनरत १७ वर्षीय छात्रको साथबाट खुकुरी बरामद भएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । उनीसँगै रहेका १९ वर्षीय छात्रलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले कम उमेरका भएका कारण पक्राउ परेका चारैजनालाई कार्यालयमा बोलाएको बेला हाजिरी हुनेगरी अभिभावकको जिम्मा लगाइसकेको छ ।

यसरी विद्यालय हाताभित्रै केही विद्यार्थीहरुले खुकुरी लिएर आउन थालेपछि अन्य विद्यार्थीहरु त्रसित भएका छन् । विद्यालय व्यवस्थापन कमजोर हुँदा पनि विद्यार्थीहरु यसरी हिँडिरहेको बताइएको छ । मिसन टुडेलाई प्राप्त भिडियोमा खुकुरी बोक्ने छात्रले भनेका छन्, ‘विद्यालयका सुरक्षा गार्डलाई थाहा भए पनि केही गर्दैनन् । उनीसँग साथीसंगीले आफूलाई हाने भनेर गुनासो गर्दा उल्टै आफैँलाई जाइलाग्ने गर्छन् ।’
विद्यार्थी विद्या र अर्थी मिली बनेको शब्दको शाब्दिक अर्थ ग्यान आर्जन गर्ने व्यक्ति भनि बुझिन्छ ।

विद्यार्थी त्यो हो जो केही सिकिरहेको हुन्छ । विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, तर जो कलेजमा गएर सिकिरहेका छन् तिनीहरू पनि हुन सक्छन् । विद्यार्थीको लागि अर्को शब्द शिष्य हो । सामान्यतया, विद्यार्थीले शिक्षकहरूसँग सिक्ने गर्दछन् । तर विद्यार्थीहरु यसरी हिंसात्मक गतिविधिमा सक्रिय हुँदा भोलिको पुस्ताप्रति चिन्तित हुने ठाउँ देखिन्छ ।

निगरानी गर्न प्रहरीलाई सकस

खुकुरी लगायतका घरेलु हातहतियार लिएर विद्यालय जानेहरुको संख्या बढ्दै जान थाले पनि प्रहरीलाई पक्राउ गर्न समस्या हुने गरेको छ । स्कुल पोसाकमा रहेका विद्यार्थीलाई पक्राउ गर्दा विरोध आउने भएकोले प्रहरीलाई निगरानी गर्न समस्या भएको हो ।

सोही कुराको फाइदा उठाउँदै अपराधिक गिरोहमा संग्लनहरुले विद्यार्थीहरुलाई प्रयोग गर्ने गरेका छन् । ‘विद्यार्थीलाई प्रहरीले पनि खासै निगरानी नराख्ने र प्रयोग गर्न सजिलो हुने भएकाले अपराधिक गिरोहहरुले विद्यार्थीहरुलाई नै प्रयोग गर्ने देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकृतले भने, ‘अभिभावकले समेत आफ्ना बालबच्चाको निगरानी नराख्दा समस्या देखिँदैछ ।’

पछिल्लो समय कोहलपुरलगायतका क्षेत्रमा हुने विभिन्न आन्दोलनमा समेत स्कुलकै पोसाकमा विद्यार्थी देखिनु त्यसैको कारण भएको ती अधिकृतले बताए ।

सोमबारसमेत त्रिभुवन नमुना माविबाट खुकुरीसहितका छात्रलाई नियन्त्रणमा लिन हम्मेहम्मे भएको थियो । सादा पोसाकमा छात्रलाई नियन्त्रणमा लिन गएका प्रहरीमाथि अन्य विद्यार्थीहरु जाइ लागेका थिए । ‘खुकुरीसहितका छात्रहरुलाई नियन्त्रणमा लिन हम्मेहम्मे प¥यो,’ एक प्रहरीले भने, ‘प्रहरीको संख्या थोरै र विद्यार्थीको संख्या धेरै हुँदा समस्या भयो । हतियार लिएर विद्यालय हाताभित्र विद्यार्थी पक्राउ गर्न जाने कुरो भएन ।’

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech