१६ चैत्र २०८०, शुक्रबार

छात्रामाथि बलात्कारको आरोपमा प्रिन्सिपल पक्राउ
  • न्युज मानसराेवर

बाँके \ नेपालगन्जको एक निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपल एक छात्रामाथि बलात्कारको आरोपमा पक्राउ परेका छन् । पीडित छात्राको उजुरीका आधारमा नेपालगन्ज–१८ कारकाँदोस्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउन्डर प्रिन्सिपल हिक्मत रावललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रवक्ता खिमबहादुर घर्ती मगरले बताए ।

एक हप्तापछि मात्र प्रहरीले घटना सार्वजनिक गरेको हो । ‘गत मंसिर २३ गते परेको उजुरीका आधारमा २४ गते स्कुलबाटै पक्राउ गरेका हौँ, प्रवक्ता मगरले भने,‘रावललाई अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ ।’

प्रिन्सिपल रावलमाथि छात्रालाई पटक–पटक बलात्कार गरेको आरोप रहेको प्रवक्ता मगरले बताए । आफनै विद्यार्थीलाई ट्युसन पढाउने नाममा होटलमा लगेर बलात्कार गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।

रावलले ती छात्रालाई पटक पटक प्रलोधन र त्रास देखाएर यौन सम्बन्ध राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech