७ बैशाख २०८१, शुक्रबार

तीव्र गतिमा काेहलपुरमा बन्दै १५ शय्याको अस्पताल
  • न्युज मानसराेवर

काेहलपुर ।  बाँके जिल्लाको कोहलपुर नगरपालिकामा १५ शय्याको सुविधान सम्पन्न अस्पताल निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । केन्द्रीय सरकारको नीति अनुसार १८ करोडको लगानीमा अस्पताल निर्माण भइरहेको हो ।

यही वैशाखमा टेण्डर आह्वान भई काम अगाडि बढाइएको उक्त अस्पतालको काम अहिले तीव्र रुपमा चलिरहेको छ । जिल्लामा कोरोना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्ण रुपमा हटेसँगै उक्त अस्पताल निर्माणको कामले तीव्रता पाएको निर्माण कम्पनीले जनाएको छ ।

अस्पताल सम्झौता मितिभित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढेको निर्माण सिएवी-वयान-एन.एस.जेवी निर्माण व्यवसायले जनाएको छ ।

अहिलेसम्म १५ प्रतिशत काम भइसकेको छ ।

उक्त अस्पतालको भवन साढे तीन तलाको निर्माण गरिन लागेको हो । अस्पतालमा लिप्ट समेत रहेको छ भने १५ वटा शौचालय छन् ।

निर्माण कम्पनीसँग अस्पताल भवन दुई वर्षभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएको कोहलपुर नगरपालिका आर्थिक विकास शााखा संयोजक दिल बहादुर परियारले उल्लेख गरेका छन।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech