१२ श्रावण २०८१, शनिबार

सरकारी कार्यालय र चोकहरुमा दाउरा राख्ने निर्णय
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकामा रहेका सबै सरकारी कार्यालय र चोकहरुमा दाउरा राख्ने सर्वपक्षीय बैंठकले निर्णय गरेको छ । आज बसेको सर्वपक्षीय बैंठककले कोहलपुरमा रहेका सरकारी कार्यालय र हवल्दारपुरदेखि कौशिलानगर, मदनचोक देखि रोहिनीखोला सम्ममा रहेका चोकहरुमा दाउरा राख्ने निर्णय गरेको छ ।

स्थानीय जनताहरुलाई प्रत्यक्ष रुपमा सेवा दिने कार्यालय र अन्य चोकहरुमा दाउराको व्यवस्था गरी चिसोबाट बच्न आगो बाल्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, वडा अध्यक्ष, विभिन्न पार्टीका नगर अध्यक्ष, इलाका प्रहरी कार्यालय प्रमुख रविन्द्र खनाल, इलाका प्रशासन कार्यालयका प्रमुख काँसी पंगेनी र उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलको उपस्थित रहेको थियो ।

  • ५ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech