१२ श्रावण २०८१, शनिबार

बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कोहलपुरतर्फबाट नेपालगन्ज आउँदै गरेको ना३ख २६२३ नम्बरको ट्रकले भे७प २७८१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा चालक तिलागुफा गाउँपाकिका ३, कालिकोटका २८ वर्षीय कुशराज हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताए ।

नेपालगन्ज उपमहानगरपालिका २, पुष्पलाल चोक नजिक गुल्म अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिएको उनले बताए । दुर्घटनालगत्तै उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पुर्‍याइए पनि चिकित्सकले हमाललाई मृत घोषणा गरेको न्यौपानेले बताए ।

बुधबार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेका अर्का व्यक्ति भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech