१२ श्रावण २०८१, शनिबार

होमस्टे संघ अब महासंघमा परिणत हुँदै
  • न्युज मानसराेवर

बाँके\  होमस्टे (घरवास) संघ अव महासंघमा परिणत हुने भएको छ । आइतबार संघ केन्द्रीय समितिको चितवनमा बसेको बैठकले संघलाई महासंघमा परिणत गर्ने निर्णय गरेको हो ।

सुरुमा सामान्य रुपमा सञ्चालनमा हुँदै आएको होमस्टेलाई संघमा दर्ता गरिएपनि हाल देशभर १५ हजार घरधुरी समेटिएको र नौ सय होमस्टे संलग्न भएकाले महासंघमा जानुपर्ने जरुरी भएकाले निर्णय गरेको होमस्टे संघका उपाध्यक्ष यदुमणी निरौलाले जानकारी दिए ।

महासंघमा परिणत भएसँगै ५१ सदस्सीय केन्द्रीय समिति बनाउने तयारी संघले गरेको निरौलाले जानकारी दिए ।

संघले यही फागुन २७, २८ र २९ गते नेपालगञ्जमा केन्द्रीय अधिवेशन गर्ने तयारी समेत गरेको छ ।

  • ११ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech