१२ श्रावण २०८१, शनिबार

१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो, खुलामा मात्र ७ हजार २०३
  • न्युज मानसराेवर

बाँके\ शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो ।

सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयोगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ ।

यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

 

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech