१२ श्रावण २०८१, शनिबार

लागुऔषधसहित जमुनाहा नाकाबाट युवक पक्राउ
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागुऔषधसहित एक जना १९ बर्षीय युवक पक्राउ परेका छन् ।

बिहीवार बिहान पौने १० बजे नेपालगञ्जको जमुनाहा नाकामा लागुऔषधसहित गोटीकाँडा गाउँपालिका ५ जुम्लाका १९ बर्षीय दिनेश नेपालीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका नेपालीलाई जाँचका क्रममा लागुऔषध ५१ पिस नाइट्रोभेट टयावलेट, ४० पिस ट्रामाडोल र १० पिस एन टी टेन टयावलेटसहित जमुनाहा प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

 

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech