१४ बैशाख २०८१, शुक्रबार

आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बन्दै चौका

हालसम्म नेपालका बर्दिया,बाँके,चितवन र पर्सा रास्ट्रिय निकुन्जमा मात्र यस्को आभिलेख गरिएको छ ।

  • चाँदनी थापा

बाँके बैजनाथ । नेपाल र भारतमा मात्र पाइने दुर्लभ बन्यजन्तु चौका  बाँके राष्ट्रिय निकुञ्जको वनमा भेटिएको छ । अङग्रेजीमा ‘एस्लाई फोर हर्न एन्टिलोप’ नामले चिनिने यो जनावरलाई नेपालीमा चौका भन्ने गरिन्छ ।

यो नेपालको संरक्षित स्तनधारी जनावर मध्यको एक हो । एन्टिलोप समुहमा पर्ने चौकाको दुई जोडी सिङ हुने गर्दछन । जसमध्य पछाडिको सिङ अगाडिको भन्दा लामो हुने गर्दछ ।

नेपालमा हालसम्म यस्को संख्या एकिन गर्न सकिएको छैन ।

हालसम्म नेपालका बर्दिया,बाँके,चितवन र पर्सा रास्ट्रिय निकुन्जमा मात्र यस्को आभिलेख गरिएको छ । यो दृश्य बैजनाथ गाउँपालिका वडा नं.१ का कृष्ण चोधरीले लिएका हुन् ।

चौधरीका अनुसार यो दृश्य आफ्नो क्यामारामा कैद गर्न पाउँदा धेरै नै उत्सुक भएको छु । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा यो नयाँ कोशे ढुङगा हुने छ कृष्णले भने । बाँकेको बैजनाथ गाउँपालिका वडा न १ स्थित गाभर होम स्टे संचालनक कृष्ण पर्यटन प्रवद्र्धनमा लागेका व्यक्त हुन् ।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech