१५ चैत्र २०८०, बिहीबार

कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको अज्ञात समूहद्वारा गाडीमा आगजनी
  • न्युज मानसराेवर

बाँके बैजनाथ  कर्णाली प्रदेश सांसद एवं प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडीमा आगलागी भएको छ । बिहीबार कार्यक्रममा हिँडेका सांसद सिंहको ०२०० १ झ ००४० नम्बरको सरकारी गाडी, भेरी नगरपालिका–७ पुन्ममा राति अज्ञातद्वारा आगजनी गरेको प्रहरीले जनाएको छ ।

सांसद सिंह र जाजरकोट नेकपाका अध्यक्ष ढकवीर राना वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घरमा बेलुका नै पुगेका थिए । अध्यक्ष शाहीको घरमा गाडी नपुग्ने भएपछि अलि बाहिर पार्किङ्ग गरेको गाडी अज्ञात समूहबाट आगलागी भएको प्रहरी नायब उपरिक्षक किशोर कुमार श्रेष्ठ बताए ।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech