८ बैशाख २०८१, शनिबार

बैजनाथले गर्यो भवन निर्माण सम्बन्धि प्रारम्भिक वातावरणीय परिक्षण अध्ययनको सार्वजनिक सुनवाई
  • आरके छिनाल

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाकाको भवन निर्माण तथा प्रारम्भिक वातावरण परिक्षण अध्ययनको सार्वजनिक सुनवाई सम्पन गरिएको छ ।  टेलफर्ड कन्सलटेन्ट प्रा.लि ललितपुरले बैजनाथ गाउँपालिकाले प्रारम्भिक वातावरणीय परिक्षण गरेको हो ।

प्रारम्भिक वातावरणीय परिक्षणको उपलब्धी र महत्वबारे बोल्दै बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले ऐनमा भए बमोजिम पालिकाले प्रारम्भिक वातावरणीय परिक्षण बाट पालिकाको भवन निमार्णको बाटो खुल्ला भएको बताए । उनले कुनै पनि सरकारी जमिनमा भवन बनाउदा स्थानीय सरकारले प्रारम्भिक वातावरणीय परिक्षण गरी आफ्नो स्वामित्वमा जमिन लिन पाउछ अब पालिकाको निमार्ण हुने भवन वैधानिक भएको छ ऐडीले भने ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले निमार्णधिन भवनको स्वामित्व अब स्थानीय सरकारको भएको बताउदै प्रारम्भिक वातावरणीय परिक्षणकाबाट आएका सुझावहरुलाई स्थानीय सरकारले ग्रहण गर्दै भौतिक तथा वातावरणीय क्षेत्रको सुधारमा केन्द्रित हुने बताए । अब यहाँ सडक ,बत्ति ग्रिन पार्क लगाएतका काममा केन्द्रित हुने छौँ रुचालले प्रारम्भिक वातावरणीय परिक्षणका सार्वजनिक सुनवाईमा भने ।

यसै गरी टेलफर्ड कन्सलटेन्ट प्रा.लि ललितपुरका प्रतिनिधि रबिन महत प्रारम्भिक वातावरण परिक्षण अध्ययन बाट आएका सुझावहरु राखेका थिए । उनले वातावरणीय सुधारका आधारहरु बारे कार्यक्रममा जानकरी दिएका थिए ।
यसै गरी कार्यक्रममा सुझाव दिदै बैजनाथ गाउँपालिका वडा न ५ रामपुर निवासी संगिता चौधरीले डुवानको समस्या समाधान गर्न पुल निमार्ण गर्न आवश्यक रहेको बताइन् ।

उनले पुल तथा बाटा निमार्णमा स्थानीय सरकार केन्द्रित हुन आग्रह गरिन् । यसै गरी बैजनाथ ५ का अध्यक्ष मन बहादुर खत्रीले बैजनाथ ५ रामपुर बैजनाथका आम नागरिकहरुका लागि सहज हुनु भएकाले अब यहाँको विकासमा समेत वडागत रुपमा विकासका गतिविधिहरु संचालनमा प्रतिवद्ध हुने बताए । यसै गरी बैजनाथ गाउँपालिका वडा न २ का अध्यक्ष प्रेम बहादुर थापाले अब यहाँ तत्काल बाटो निमार्णमा पालिका स्तर बाट आवश्यक बजेटको माग गरे ।

बैजनाथ ५ रामपुरमा निमार्ण हुन लागेको भवनमा डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयले केही समय पहिला अवरोध खडा गरेको थियो । प्रारम्भिक वातावरण परिक्षण (आई.ई.ई ) अध्ययन पश्चात स्वत स्थानीय सरकारले निमार्णधिन भवन लगाएत क्षेत्रको अधिग्रहण गर्न पाउने छ ।  कार्यक्रममा वातावरण तथा विपत व्यवस्थापन समिति संयोजक संगिता सुनारको अध्यक्षतामा उत्तः सार्वजनिक सुनवाई सम्पन्न गरिएको थियो ।  कार्यक्रममा स्थानीय ,निर्वाचित पदाधिकारी ,कर्मचारी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

  • १७ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech