७ बैशाख २०८१, शुक्रबार

समाजको अवस्था फेर्न परियोजना सञ्चालनमा ल्याएका हौँः अध्यक्ष खत्री

समुहमा आवद्ध महिलाहरुले सामाजिक पुँजीको निमार्ण मा कूल ३९ हजार ५ सय ७० रुपैया हाल सम्म आम्दानी गरेका छन् । 

  • आरके छिनाल

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित साना किसाना सुढृढिकरण परियोजना वडा न ५ का समुहहरु संग  अन्तरक्रिया  गरिएको छ ।

वडा न ५ का निर्वाचित पदाधिकारीहरुले श्रृजनशिल महिला समुह सृजना महिला समुहका महिला सदस्यहरु संग अन्तरक्रिया गरेका हुन् ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा साना किसानहरुको क्षमता अभिवृद्धि तथा पशु उत्पादनमा केन्द्रित छ ।

बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले अन्तरक्रियामा बोल्दै  राज्यमा  धेरै पटक  व्यवस्था फेरिए पनि समाजको अवस्था नफेरिएका कारण समाजको आर्थिक रुपान्तरण गर्ने उदेश्यले परियोजना संचालनमा ल्याएका छौँ खत्रीले भने ।

उनले  स्थानीय समुह महिला सदस्यहरु सँग    बोल्दै अब रुपान्तरणमय सभ्य समाज ,वातावरणमैत्री  समाज निमार्ण  गर्ने  मुख्य दाहित्व तपाईहरुको हो ‘ गाउँपालिकाको परियोजनाले तपाइहरुलाई सहजीकरण गर्ने छ  ‘ उनले भने  ।  खत्रीले आर्थिक रुपान्तरणका मुख्य चुनौतिहरु संग सामना गर्न उत्पादनमा केन्द्रित हुन समुह आवद्ध महिला सदस्यहरुलाई    आग्रह गरेका थिए ।

बैजनाथ वडा न ५ मा तीन सय घर परिवारमा परियोजनाले काम गर्दै आएको छ ।

समुहमा आवद्ध महिलाहरुले सामाजिक पुँजीको निमार्ण मा कूल ३९ हजार ५ सय ७० रुपैया हाल सम्म आम्दानी गरेका छन् ।

परियोजना अन्र्तगत आर्थिक वष २०७६।०७७मा ४० वटा बाख्रा उपहार गरिएको छ भने ०७७।७८मा ५४ वटा बाख्रा उपहार प्रदान गरिएको छ । परियोजनामा हाल १५ वटा बाख्रा उत्पादन भएका छन् भने पशुको विमामा स्थानीय तथा समुहको क्रियाशिल्ता बढेको छ ।

कूल ३ मूल समुह र ९ वटा उपहार समुहमा आधारशिला तालिम पशुको उचित व्यवस्थापन तरकारी कोष लगाएत क्षेत्रमा काम हुदै आएको परियोजना सहजकता अन्जु थारुले जानकारी गराइन् ।

थारुले समुहमा आवद्ध महिलाहरुले ८ सय ५६ केजी खसि बाख्रा तौल प्रणलीबाट विक्र गदै कूल ४ लाख २४ हजार ७ सय ४० रुपैया रकम आम्दानी गर्न सफल भएको समेत बताईन् ।

परियोजनामा आवद्ध समुहमा बचतको बानीको विकास हुदै आएको छ भने समुहमा हाल २ लाख ८५ हजार १ सय २० रुपैया बचत छ ।

कार्यक्रममा बैजनाथ गाउँपालिका आर्थिक विकास संयोजक लक्ष्मी थारु ,वडा सदस्य प्राविधिक सहयोगी संस्था उत्पीडित सामुदायिक विकास केन्द्रका निर्देशक रबि रोकाया लगाएतको सहभागिता रहेको थियो ।

 

  • १९ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech