८ बैशाख २०८१, शनिबार

संघीयता कार्यान्वयनपछि पहिलोपटक सहकारी संस्थाहरूको तथ्यांक सार्वजनिक

लुम्बिनी प्रदेशमा कुल सहकरी सङ्ख्या ३ हजार ७ सय ५५ रहेको छ। यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ८ लाख ९८ हजार ६ सय ११ जना रहेको छ। जसमा महिला ५ लाख ७६ हजार ३ सय १२ जना र पुरुष ३२ लाख २२ हजार २ सय ९९ जना रहेका छन्।

  • न्युज मानसराेवर

काठमाडौं- सहकारी विभागले मुलुकमा संघीयता कार्यान्वयन भएपछि पहिलोपटक सहकारी संघसंस्थाको तथ्याङ्क सार्वजनिक गरेको छ। विभागले २०७७ साउनदेखि कात्तिकसम्म ७ वटै प्रदेश तथा सबै स्थानीय तहसँगको सहकार्यमा गरेको अध्ययनअनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरू, २० वटा विषयगत केन्द्रीय संघहरू, एउटा राष्ट्रिय सहकारी बैंक, एउटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २ सय ४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेका छन्।

मुलुकभर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थामध्ये संघीय सरकारअन्तर्गत १ सय २५, प्रदेश सरकारअन्तर्गत ६ हजार २ र स्थानीय सरकारअन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन्।

सहकारी संघसंस्थामा आबद्ध कूल सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ रहेका छन्। कूल सदस्यमध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन्। पुरुष सदस्य सङ्ख्याको तुलनामा महिला सदस्य सङ्ख्या १२ प्रतिशत बढी हो।

मुलुकभर रहेका सहकारीमा कूल सेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय रुपैयाँ बराबर रहेको छ। त्यसैगरी, बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार रुपैयाँ र कुल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय रुपैयाँ बराबर रहेको पाइएको छ। यस्ता सहकारी संघसंस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्।

मुलुकमा संघीयताको कार्यान्वयनसँगै तीन तहको सरकार (संघ, प्रदेश र स्थानीय)बीच अधिकार बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकारहरू पनि तीनै तहकै सरकारमा विभाजन भएपश्चात् सहकारीको एकीकृत विवरण पहिलोपटक तयार पारिएको हो।

नयाँ तथ्यांकअनुसार प्रदेश १ मा सहकारी संस्थाको सङ्ख्या ४ हजार ७ सय ३७ रहेको छ। यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ९ लाख ३५ हजार ७ सय रहेका छन्। जसमा महिला ५ लाख २ सय ४९ र पुरुष ४ लाख ३५ हजार ४ सय ५२ जना रहेका छन्।

प्रदेश १ मा रहेका सहकारीको कुल सेयर पुँजी ८ अर्ब २० करोड २ लाख ८७ हजार ३ सय ७२ रुपैयाँ, कुल बचत संकलन ४१ अर्ब २१ करोड ४२ हजार ८ सय ९ रुपैयाँ र कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख १५ हजार १ सय ७ रुपैयाँ रहेको छ। यस प्रदेशमा सहकारी मार्फत २० हजार ६ सय ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

त्यस्तै प्रदेश २ मा कुल सहकरी सङ्ख्या ४ हजार १ सय ५३ रहेको छ। यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ५ लाख ५५ हजार १ सय ९७ जना छ। जसमा महिला २ लाख ५२ हजार १ सय १२ र पुरुष ३ लाख ३ हजार ८५ जना रहेका छन्।

प्रदेश २ मा रहेका सहकारीको कुल सेयर पुँजी २ अर्ब ३६ करोड ५२ लाख ४६ हजार १ सय ५८ रुपैयाँ, कुल बचत सङ्कलन २३ अर्ब १९ करोड ९६ लाख ४१ हजार ३ सय १३ रुपैयाँ र कुल ऋण लगानी १५ अर्ब ५ करोड ११ लाख ९८ हजार ६४ रुपैयाँ बराबर रहेको छ। यस प्रदेशमा सहकारी मार्फत १० हजार ८ सय ४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

बाग्मती प्रदेशमा कुल सहकरी सङ्ख्या १० हजार ४ सय १८ रहेको छ। यो सबैभन्दा बढी सहकारी संघसंस्था भएको प्रदेश हो। यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या २७ लाख १७ हजार ४ सय ६९ रहेको छ। जसमा महिला १४ लाख ५७ हजार २ सय २ र पुरुष १२ लाख ६० हजार २ सय ६७ जना रहेका छन्। बाग्मती प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी ५१ अर्ब ४० करोड ६४ लाख २७ हजार ७ सय २४ रुपैयाँ, कुल बचत सकलन २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख ५ हजार ८ सय ६० रुपैयाँ र कुल ऋण लगानी १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख २४ हजार ४ सय ३४ रुपैयाँ रहेको छ। यस प्रदेशमा सहकारी मार्फत ३३ हजार ८ सय ९२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

गण्डकी प्रदेशमा कुल सहकारी सङ्ख्या २ हजार ६ सय ७१ रहेको छ। यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ११ लाख १६ हजार ६ सय ३२ जना रहेको छ। जसमा महिला ६ लाख ४२ हजार १ सय ३० र पुरुष ४ लाख ७४ हजार ५ सय २ जना रहेका छन्। यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी २२ अर्ब ५ करोड ९ लाख ६७ हजार २ सय ४६ रुपैयाँ, कुल बचत सङ्कलन ८६ अर्ब ७ करोड ४५ लाख ७१ हजार ६ सय ९२ रुपैयाँ र कुल ऋण लगानी ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार ४ सय ३३ रुपैयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ७ हजार ६ सय ३८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

लुम्बिनी प्रदेशमा कुल सहकरी सङ्ख्या ३ हजार ७ सय ५५ रहेको छ। यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ८ लाख ९८ हजार ६ सय ११ जना रहेको छ। जसमा महिला ५ लाख ७६ हजार ३ सय १२ जना र पुरुष ३२ लाख २२ हजार २ सय ९९ जना रहेका छन्। यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी ५ अर्ब ८२ करोड २२ लाख ९७ हजार ५० रुपैयाँ, कुल बचत सकलन ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार ४ सय ६७ रुपैयाँ र कुल ऋण लगानी ४० अर्ब ८० करोेड ६८ लाख ४ हजार ३२ रुपैयाँ बराबर रहेको छ। यस प्रदेशमा सहकारीमार्फत ६ हजार ९ सय ८९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। नेपाल लाइभ

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech