१४ बैशाख २०८१, शुक्रबार

आज ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना
  • न्युज मानसराेवर

काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ। मंगलबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, बुधबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपाल लाइभ

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech