१४ बैशाख २०८१, शुक्रबार

मध्यराती प्लाई उद्योगमा भिषण आगलागी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको कोहलपुर नगरपालिका ८ हवल्दारपुरस्थित डाडागाँउमा रहेको एक प्लाई उद्योगमा आगलागी भएको छ । चाणक्य आचार्यको समुहले सञ्चालन गरेको प्लाई उद्योगमा गएराति करिब १ बजे आगलागि भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

१ बजेबाट आगलागी सुरु भएपनि आफुहरुलाई ३ बजेमात्र खबर प्राप्त भएको प्रहरीको भनाई छ । आगलागीको खबर प्राप्त भएलगत्तै जनपद, शस्त्र प्रहरी, नेपालगञ्ज उपहानगरपालिकाको दमकल र कोहलपुर नगरपालिपकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

आगलागीको कारण र क्षतीको विवरण अझैं खुल्न नसकेको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यालय कोहलपुर टोली पुगेर मुचुल्का उठाउदै छ ।

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech