२३ बैशाख २०८१, आईतवार

आज चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेकोआज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक बदली देखि मौसम सफा रहने छ । गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको  छ।

भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको ।

  • १४ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech