१४ बैशाख २०८१, शुक्रबार

आज देशभर ४०९ जना कोरोना संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके बैजनाथ । पछिल्लो २४ घण्टामा नेपालमा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

६ हजार ७०६ जनाको कोरोना परीक्षण गरिएकोमा ४०९ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा हालसम्म १९ लाख ६४ हजार १६० जनाको कोरोना परीक्षण गरिएकोमा २ लाख ६३ हजार १९३ जनामा संक्रमण पुष्टि भएको छ।

हाल देशभर ५ हजार १३३ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा ४९५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

यस्तै आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech