१५ चैत्र २०८०, बिहीबार

समृद्ध र विभेद मुक्त समुदाय बनाउन कार्यक्रमको महत्वपूर्ण योगदानःअध्यक्ष मल्ल

४ लाख २१ हजार ८ सय ९० रुपैया समुहमा लगानी भइरहेको छ । समुहमा आवद्ध महिलाहरुले सामुहिक काम गर्दे नगद १ लाख ३ हजार १ सय ९० रुपैया आम्दानी गरेका छन् भने सामुयिक रुपमा बचतको विकास गरेका छन् ।

  • सिता जैशी

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित साना किसाना उद्यमी सुढृढिकरण परियोजनामा आवद्ध समुहहरु सँग वडा न १ मा अन्तरक्रिया सम्पन्न गरिएको छ ।आर्थिक बर्ष २०७६।७७ मा गठित समुहको प्रगति विवरण तथा समुह अन्तरक्रिया सम्पन्न गरिएको हो ।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा बैजनाथका ८१ वटा समुह मा आवद्ध साना किसानहरुको क्षमता अभिवृद्धि तथा पशु उत्पादनमा जोड केन्द्रित छ ।

                     अन्तरक्रिया कार्यक्रम समापन पश्चात अथितिहरु लाई उपहार प्रदान गर्दै समुहका महिलाहरु ।

अन्तरक्रियामा बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुप बहादुर मल्लले समृद्ध र विभेद मुक्त समुदाय बनाउन कार्यक्रमको महत्वपूर्ण योगदान रहेको बताए । मल्लले आम साना किसानहरुलाई आर्थिक रुपान्तरण गर्ने उदेश्यले कार्यक्रममा गाउँपालिकाको आर्थिक सहयोग रहेको बताए । मल्लले कार्यक्रमकाे  प्रभावकारी देखिएको बताउदै समुहका महिलाहरू अब सबै आर्थिक आर्जनमा केन्द्रित हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै पत्रकार कृष्ण चोधरीले सबै भन्दा ठुलो परिवर्तन एकता र सम्भावना केन्द्रित विचारहरुको समुहमा प्रवाह देखिन्छ अब सबै महिलाहरुले आर्थिक समृद्धि गर्नु हुने छ भन्ने विश्वास लिएको बताए । कार्यक्रममा हेफर नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सरद पोख्रेलले साना किसानहरुको सुढृढिकरण नै कार्यक्रमको मुख्य उदेश्य रहेको बताए ।

कार्यक्रममा समुहमा आवद्ध महिलाहरुले सामुहिक काम गर्दे नगद १ लाख ३ हजार १ सय ९० रुपैया आम्दानी गरेका छन् भने सामुयिक रुपमा बचतको विकास गरेका छन् ।

वडा न १ मा परियोजनाका १७ वटा समुह रहेका छन् । कार्यक्रमा वडाका निर्वाचित प्रदाधिकारी उत्पीडित सामुदायिक विकास केन्द्रका कर्मचारी हेफर नेपालका महेश कुमार आचार्य लगाएको सहभागिता रहेको थियो । कार्यक्रममा महिलाहरुले कार्यक्रमलाई निरन्तर गर्न वडा प्रतिनिधिहरु संग आग्रह गरेका थिए ।

परियोजना सञ्चाल भए पश्चात समुहमा महिलाहरुले टोल सरसफाई उपहार प्रदान सामुहिक काम अन्तरक्रिया जस्ता क्रियाकलाप गर्दै आइरहेका छन् ।

परियोजा मार्फत समुहमा हाल सम्म १ सय ३८ बाख्रा प्राप्त गरेका छन् भने ४८ वटा बाख्रा समुहले उपहार गरेको छ ।

४ लाख २१ हजार ८ सय ९० रुपैया समुहमा लगानी भइरहेको छ ।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech