१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट पूर्व मन्त्री यादवको निधन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिनेशचन्द्र यादवको मृत्यु भएको छ । कोरोना संक्रमित यादवको ग्राण्डी अस्पताल काठमाण्डौमा उपचारका क्रममा बुधवार राती ढाई बजे मृत्यु भएको हो ।

गम्भिर प्रकृतिको कोरोना देखिएको उनलाई नेपालगञ्जबाट थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगेर उपचार गराइ रहँदा पनि उनको स्वास्थमा सुधार नहुँदा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।

भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रीय सदस्यसमेत रहेका यादवको उपचारका क्रममा मृत्यु भएको नेकपा नेता दत्तप्रसाद आचार्यले जानकारी दिए । यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

  • १ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech