बाँके बैजनाथ । बैजनाथ गाउँपालिका अध्यक्षले थारू समुदायकाे महान पर्व माघीकाे अवसरमा शुभकामना व्यक्त गरेका छन । उनले स्थानीय सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी माघी पर्व उत्सवका रूपमा मनाउन सबैमा अपिल गरेका हुन् ।
अध्यक्षले जारी सन्देशमा थारू समुदायकाे महान पर्व माघी २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले बैजनाथ आम थारू समुदाय नागरिक तथा विदेशमा रहेका सम्पूर्ण थारू समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सुस्वास्थ्यको कामना गरेका छन ।
सन्देशमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्दै माघी पर्व मनाउन थारू समुदायका अगुवा लाइ अपिल समेत गरेका छन् ।
बैजनाथ गाउँपालिका अध्यक्षले समुदाय विशेषका माघी पर्व सबैको साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद मान्न थलिएको बताउँदै कुनै क्षेत्र र समुदाय विशेषको माघी सबैको साझा पर्व बनेको र यो पर्वले समाजलाई एकाकार भई सकारात्मक बल प्रदान गर्नुका साथै पर्वले समाजमा भातृत्वको वातावरण बनाउन मात्रै नभएर सिंगो प्रकृतिलाई माया गर्दै सहकार्य गर्न सन्देश दिएको बताएका छन । अध्यक्ष रुचालले नेपाल भौगोलिक मात्रै नभई सांस्कृतिक विविधतायुक्त मुलुक रहेका समेत उल्लेख गरेका छन् ।
विभिन्न जाति र समुदायले मनाउने पर्व हाम्रा अमूल्य निधि हुन् । विभिन्न समुदायले मनाउने पर्व र संस्कृतिले विविधतायुक्त समाजलाई एकताको मालामा बाँध्न संभव भएको छ । समाजमा मनाइने पर्व र संस्कृतिले एकता, भातृत्व,सहकार्य र मेलमिलापको वातावरण बनाइरहेका छन् । शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।