११ बैशाख २०८१, मंगलवार

भूकम्प दिवसमा कृत्रिम घटना अभ्यास
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा पनि २३ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । दिवसका अवसरमा भूकम्पीय सुरक्षा सचेतनाका लागि कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको छ ।

नेपालगञ्जको सुर्खेतरोडमा भूकम्पको कृत्रिम घटना अभ्यास गरिएको हो । सशस्त्र प्रहरी बलले कृत्रिम घटना अभ्यास प्रशर्दन गरेको थियो । भूकम्प आएपछि गरिने उद्धार, प्राथमिक उपचार र घाइेतहरुलाई अस्पतालसम्म कसरी भन्ने विषय समेटेर कृत्रिम घटना अभ्यास गरिएको जिल्ला आपतकालीन कार्य सञ्चाल केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए ।

भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बाँकेको आयोजनामा भएको कार्यक्रममा प्रमुुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर राना लगायत सरोकारवाला विभिन्न व्यक्तिहरुको सहभागिता थियो ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech