८ बैशाख २०८१, शनिबार

प्रधानन्यायाधीश राणाकाे प्रश्न- संविधानअनुसार अर्काे सरकार बन्न नसक्ने अवस्थामा संसद विघटन गर्न सकिँदैन र?
  • न्युज मानसराेवर

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले संविधानको धारा ७६ अनुसारकाे प्रक्रियामा गएर अर्काे सरकार बन्न नसक्ने अवस्थामा विघटन गर्न सक्दैन र भन्ने प्रश्न गरेका छन्।

आइतबार सर्वोच्च अदालतमा भएको संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्याधीश राणाले यस्तो प्रश्न गरेपछि संविधानविद् एवं अधिवक्ता भीमार्जुन आचार्यले यसलाई काल्पनिक कुरामात्र भएको प्रत्युत्तर दिएका छन्।

अदालतले यस्तो विषयको कल्पनासम्म गर्न नसक्ने भन्दै अधिवक्ता आचार्यले भने‚ ‘याे काल्पनिक कुरा हाे। अदालतले याे कल्पना गर्न मिल्दैन। संविधानमा लेखेका प्रक्रिया पूरा गरेर मात्र विघटनमा जाने हाे। १ देखि सातसम्मका प्रक्रिया पुरा हुनु त पर्‍यो नि।’ नेपाल लाइभ

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech