१५ चैत्र २०८०, बिहीबार

स्थानीय सरकार बैकल्पीक रोजगार सृजना गर्ने तर्फ केन्द्रितः अध्यक्ष रुचाल
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८का स्वरोगार कार्यक्रममा सञ्चालनमा ल्याएको छ ।
आतबार बैजनाथ गाउँपालिका वडा न ६ मा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत १५ जनाले वडा न ६ को बाटो मर्मत  कामको थालनी गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक नागरिकका अधिकारहरुको रक्षा स्थानीय सरकारले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले अब भोकले मर्न नपर्ने बताउदै क्षमताले भ्याए सम्म यहाँहरुलाई स्वारोजगार बनाउन स्थानीय सरकार बैकल्पीक रोजगार सृजना गर्ने तर्फ केन्द्रित रहेको बताए ।

उनले आगामी नीति तथा कार्यक्रम मार्फत थप रोजगारी सृजना हुने बजेट ल्याउने प्रतिवद्धा व्यक्त गरे ।

रूपान्तरणका लागि पहल आयोजना को ९ ओटा आयोजना मध्य पहिलो आयोजना शुरु गरिएको रोजगार संयोजक अमृत सुनारले जानकारी गराए ।

बैजनाथ गाउँपालिमा आर्थिक वर्ष २०७७।७८का स्वरोगार कार्यक्रममा कूल १ करोड २२ लाख ७५ हजार मध्य रकम छ भने युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना का लागि ५१ लाख ९२ हजार विनियोजित रकम छ ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडी वडा अध्यक्ष भद्र बहादुर बस्नेत ,योजना शाखा प्रमुख डोटी नेपाली लगाएतको उक्त उद्घाटन कार्यक्रममा सहभागिता रहेको थियो ।

 

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech