४ बैशाख २०८१, मंगलवार

राझाँमा स्थायी प्रहरी बिट स्थापना
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्ज उपमहानगरपालिकाको राझाँ चोकमा प्रहरी बिट स्थापना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० र जिल्ला प्रहरी कार्यालयको समन्वय र सहयोगमा प्रहरी बिट स्थापना गरिएको हो ।

प्रहरी बिटका लागि निर्माण गरिएको नवनिर्मित भवनको बुधवार बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानाले उद्घाटन गरे ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २०, वडा कार्यालय र स्थानीय भद्र भलाद्मी तथा ब्यावसायीहरुको सहयोगमा दुई कोठे प्रहरी भवन निर्माण गरिएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech