१३ बैशाख २०८१, बिहीबार

कोरोना खोप लगाएका बाँकेका १० जनामा देखियो साइडइफेक्ट
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा कोरोना भाइरसविरुद्धको खोप लगाएका १० जनामा साइडइफेक्ट देखिएको छ । नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक, नर्स र सरसफाइकर्मीमा साइडइफेक्ट देखिएको हो । बाँकेमा दुई दिनको अवधिमा करिव सात सयले कोभिड–१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाएका छन् ।

तीमध्ये १० जनामा वान्ता हुने, ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको हो । उनीहरुमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएर घरमै आराम गरिरहेका छन् भने सात जना उपचारकै क्रममा छन् । उनीहरुरुको अवस्थामा सुधार हुँदै गएकोले डिस्चार्जको तयारी भइरहेको नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताए ।

खोप लगाइसकेपछि शरीरमा सामान्य इफेक्ट देखिएको बताउँदै डा. कनोडियाले सामान्य असर देखिंँदैमा डराइहाल्नु पर्ने अवस्था नरहेको बताए ।

भेरी अस्पताल खोप केन्द्रमा तीन दिनदेखि भाइरस विरुद्धको खोप अभियान चलिरहेको छ । भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले पनि कोरोना भाइरस बिरुद्धको खोप मात्र नभएर जुनसुकै खोप लगाउँदा पनि सामान्य इफेक्ट परिहाल्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

भ्याक्सिन लगाएका धेरै जसोमा हल्का ज्वरो आएको, टाउको दुखेको खवरहरु आएका छन् । चिकित्सकहरुले त्यसलाई सामान्य साइड असर भन्दै नआत्तिन भनेका छन् ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech