१५ बैशाख २०८१, शनिबार

खुल्ने भयो नेपालगञ्ज जमुनाहा नाका
  • न्युज मानसराेवर

बाँके बैजनाथ । करीब ११ महिनादेखि बन्द रहेको पश्चिम नेपालकै सबैभन्दा ठुलो नेपालगञ्ज जमुनाह नाका सञ्चालनमा आउने भएको छ । लकडाउनका कारण बन्द रहेका देशभरका ३० वटा नाकालार्ई सरकारले खुला गर्ने निर्णय गरेसँगै जमुनाहा नाकासमेत औपचारिकरुपमा सञ्चलनमा आउने भएको हो ।

मन्त्रीपरिषद् बैठकले भारत तथा चीन तर्फका नाका खोल्ने निर्णय गरेको हो । गृह मन्त्रालयले नाका खोल्ने निर्णयको सर्कुलर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गरेको छ । नाका खोल्नेसम्बन्धी हालसम्म कुनै पत्र प्राप्त नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

सरकारले यसअघि १४ नाका खोलेको थियो । जसमा १६ वटा थप गरिएको हो । नाका औपचारिक रुपमा खुलेपछि मापदण्डको पालना गर्दै सीमावर्ती बजारमा खरिद, बिक्रीका लागि नेपाली ओहोरदोहोर गर्न पाउने भएका छन् । खुलेका नाकाबाट नेपालीले निर्बाध र विदेशीले शर्तसहित पालना गरेर आवागमन गर्न पाउने छन् ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech