७ बैशाख २०८१, शुक्रबार

अनुसन्धानका सूचक प्रविणको हत्याआरोपमा ७ पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । अनुसन्धानका सहायक सूचक प्रविण थापा मगरको हत्या आरोपमा बाँके प्रहरीले ७ जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।

हत्या आरोपमा नेपालगञ्ज १८ का २४ वर्षीय कार्की भनिने दिनेश कुमार कुर्मी, सुर्खेत गुर्भाकोट हाल नेपालगञ्ज १८ बस्ने वर्ष १९ का निश्चल गुरुङ, जाजरको जुनिचाँदेका हाल नेपालगञ्ज ४ बस्ने २१ वर्षीय तेज मगर भन्ने तेज बहादुर बिएमलाई प्रहरीले बुधवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

यसैगरी नाम गोप्य राखिएका नेपालगञ्ज ६ फुल्टेक्राका १७ वर्षीय युवक, नेपालगञ्ज ५ का १६ वर्षीय युवक, राप्तीसोनारी १ कुसुमका १७ वर्षीय युवक र सुर्खेत विरेन्द्रनगरका हाल नेपालगञ्ज २ घरबारीटोल बस्ने भुन्टुलाई पक्राउ गरि सार्वजनिक गरिएको हो ।

जसमध्ये कुर्मी मृतकको साथी रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुको साथबाट मृतकको २ थान मोबाइल, घटनामा प्रयोग भएको चिरपट र मृतकको हेलमेट जलेको अवस्थामा बरामद भएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

नेपालगञ्ज १८ कालिकामाई मन्दिरस्थित बगैचा र घटनास्थल आसपासको क्षेत्र लागुऔषध सेवन तथा कारोबार गर्ने स्थानको रुपमा रहेकोले मृतक थापा सुचना संकलनका लागि साथी दिनेशकुमरा कुर्मीसँग गएको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

अभियुक्तहरुले लग्दहवास्थित आँप बगियामा माघ १ गते दिउँसो गाँजा खाई सकेपछि कुर्मीको हेलमेट लिएर हिँडेपछि विवाद भएको देखिएको उनले बताए । मृतक थापाले अभियुक्तहरुसँग हेलमेट माग्न जाँदा उनीहरुले थापाको निधार, टाउको, खुट्टा, शरीर, नलीलगायतमा चिरपटले प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

यस्तो खालका घटनामा मुलुकी अपराध संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्मकैदको व्यवस्था रहेको बाँके प्रहरीले जनाएको छ ।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech