१३ बैशाख २०८१, बिहीबार

कोहलपुर जंगलको ओढारबाट भरुवा बन्दुक बरामद
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँके प्रहरीले कोहलपुरको जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर १३ को सिम्री गाउँस्थित जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्दुक वन्यजन्तुको शिकार गर्ने अबैध कार्यमा प्रयोग भएको हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाई छ । कोहलपुर प्रहरीले थालनी गरेको पन्ध्र दिने ’स्वीप अप्रेशन अभियान’को सुरुवाती चरणमा भरुवा बन्दुक फेला परेको हो ।

कोहलपुर प्रहरीले माघ २१ गतेदेखि पन्ध्र दिने ’स्वीप अपरेशन अभियान’ शुरुवात गरेको छ । समाजमा शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्न, सडक दुर्घटना, लागूऔषध दुर्व्यसनी तथा सामाजिक अनुशासन बिरुद्धका कारवाही गर्ने उद्देश्यले अभियान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले अभियानलाई सफल बनाई सुरक्षित समाज निर्माणार्थ आम नागरिकबाट अपराधको सूचना, समन्यव र सहकार्यको अपेक्षा गरेको छ ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech