१४ बैशाख २०८१, शुक्रबार

‘टुर दि ठाकुरद्वारा’को तेस्रो संस्करण शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । ‘टुर दि ठाकुरद्वारा’को तेस्रो संस्करण शुरु भएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरबाट ‘टुर दि ठाकुरद्वारा’को तेस्रो संस्करण शुरु भएको हो ।

‘टुर दि ठाकुरद्वारा’को तेस्रो संस्करणको पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा र नाटाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईले उद्घाटन गरे । विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा १ सय ५० जना साइकल यात्री सहभागी भएको नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष गगन थापाले बताए ।

नेपालगञ्ज बजारको परिक्रमापछि जानकी, खजुरा गाउँपालिका हुँदै बर्दियाको बढैयाताल, गुलरिया, डल्ला होमस्टे भएर ठाकुरद्वारा पुग्ने कार्यक्रम रहेको संयोजक सतिश निरौलाले जानकारी दिए । निरौलाका अनुसार शनिवार विहान ठाकुरबाबा मन्दिरको दर्शन, बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कोठियाघाटस्थित नेपालकै लामो पुल घुमेर साँझ थारु सांस्कृतिक कार्यक्रम गरिनेछ । २५ गते बबई हुँदै सत्खलुवा तालको अवलोकन गर्दै बाँसगढी नगरपालिकामा रहेको ओम केदारेश्वर धाममा पुगेर ‘टुर दि ठाकुरद्वारा’ समापन हुनेछ ।

बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि बर्षेनी ‘टुर दि ठाकुरद्वारा’ गरिँदै आइएको छ ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech