७ बैशाख २०८१, शुक्रबार

संसद् विघटनविरुद्ध नेपालगञ्जमा काँग्रेसको प्रदर्शन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । प्रतिनिधिसभा विघटनविरुद्ध बाँकेमा पनि कांग्रेसका सुभेच्छुक संघ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल ट्रे्ड युनियन कांग्रेस बाँकेको नेतृत्वमा भएको विरोध प्रदर्शन सुर्खेतरोडस्थित पार्टी कार्यालयबाट शुरु भई विपीचोकमा पुगेर समापन भएको थियो ।

विपीचोकमा आयोजित सभामा बोल्दै नेपाल ट्रे्ड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लले संविधान विपरित गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले संसद् विघटन गरेकाले पार्टीको केन्द्रिय सर्कुलर अनुसार आफूहरु विरोध प्रदर्शनमा उत्रिएको बताए ।

विरोध प्रदर्शनमा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका सांसद्द्वय सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी लगायत नेता कार्यकर्ता एवम् सुभेच्छुक संघसंगठन आवद्धहरुको उपस्थिति थियो । विरोध प्रदर्शन पश्चात् असंवैधानिक कदमका विरुद्ध विपीचोकमा पाँच मिनेट मौनधारण समेत गरिएको नेपाल ट्रे्ड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बहादुर विकेले जानकारी दिए ।

  • २४ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech