१२ बैशाख २०८१, बुधबार

बाँकेका क्रियाशिल पत्रकारलाई कोरोना विरुद्धको खोप लगाइने
  • न्युज मानसराेवर

बाँके बैजनाथ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगायत फ्रन्टलाईनमा खटिनेलाई यो खोप दिइएको छ । बाँकेमा पहिलो चरणमा कुल लक्ष्यको ९९.३४ प्रतिशत अर्थात चार हजार ९६७ जनालाई भ्याक्सिन लगाइएको छ ।

दोश्रो चरणमा आज मंगलबारदेख सञ्चारकर्मीहरुलाई खोप लगाउन लागिएको हो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले खोपका लागि अनिवार्यरुपमा पत्रकार परिचयपत्र सहित भेरी अस्पतालमा  उपस्थित हुन आग्रह गरेका छन् ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech