१२ श्रावण २०८१, शनिबार

बाँकेका पत्रकारलाई खोप लगाउने कार्यक्रम स्थगित
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा कार्यरत पत्रकारहरुलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यक्रम स्थगित भएको छ । मंगलवार सञ्चारकर्मीहरुलाई कोरोनाबिरुद्धको खोप लगाउने कार्यक्रम तय भएको थियो ।

पत्रकारहरुलाई खोप लगाउने निर्णय भएको केही समयमै लुम्बिनी प्रदेश निर्देशनालयद्वारा हाललाई उक्त कार्य नगर्नु भनी निर्देशन आएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीले जनाएका छन् । सोमवार जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले मंगलवार भेरी अस्पताल नेपालगञ्जको खोप केन्द्रमा पत्रकारहरुलाई खोप लगाउने निर्णय गरेको थियो ।

सोमवार बेलुका सामाजिक संजाल फेसबुकमार्फत ओलीले भोली तय गरिएको पत्रकारहरुको लागी खोप लगाउने कार्यक्रम हाललाई स्थगित भएको जनाएका हुन् ।

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech