बाँके बैजनाथ । आगामी तीन दिनसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहने छ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
















