८ बैशाख २०८१, शनिबार

भारतमा नेपाली किशोरीको बलात्कारपछि हत्या भएको खुलासा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेको छ । बर्दियाको बारबर्दिया ३ खुरखुरे फाटाकी १२ वर्षीया सुमित्रा विकको गत जनवरी २१ मा सामूहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो ।

बलात्कारपछि हत्या गरिएको भन्दै फेब्रुअरी २ मा चैनपुर कुण्डवा थानामा एफआईआर दर्ता भएको थियो । आरोपी भनिएका सीताराम साहको घर पुगेर प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । सुमित्राको हत्या गरिएको डेरा र जलाइएको ठाउँको डीएसपी शिवेन्द्रकुमार अनुभवीका साथ दर्जन बढी प्रहरी अधिकारीले अनुसन्धान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटनास्थलदेखि ६ सय मिटर दूरीमा प्रहरी थाना रहेको छ ।सुमित्राका दाजुले बहिनी मृत अवस्थामा फेला पारेका कारण छोरालाई प्रहरीले घटनास्थल पुरÞ्याएर सा‘झ डेरामा छाडेको आमा कृष्णीले बताइन् । छोरासँग घटनाबारे प्रहरीले सोधपुछ गरेको उनले सुनाइन् ।

भारतीय दण्ड सजाय अनुसार एफआईआर मुद्दा दर्ता गरिएको छ । घटनामा संलग्न घरबेटी सीताराम साह र उनका छोरा विनय पक्राउ परिसकेका छन् । बलात्कार, हत्या र सुमित्रालाई जलाएको घटनामा संलग्न भएका भनिएका ९ जना हालसम्म फेला परेका छैनन् ।

११ जना अभियुक्तमध्ये ४ जनामाथि बालिकामाथि दुष्कर्म र हत्याको अभियोग छ । विनय साह, दीपक साह, रमेश साह र देवेन्द्र साहविरुद्ध दुष्कर्म र हत्याको अभियोगमा मुद्दा दर्ता भएको थियो । घरबेटी सीतारामसहित ७ जनाविरुद्ध लास जलाएको अभियोग लागेको छ । मानवअधिकारकर्मी मोहना अन्सारीले घटनाका सम्बन्धमा भारतस्थित नेपाली राजदुतावासले पहल गर्नुपर्ने बताइन् ।

घटनाबारे नेपाल सरकारले भारतसँग समन्वय गरेर पीडित परिवारलाई न्याय र दोषीमाथि कडा कारबाही गर्न पहल गर्नु पर्ने उनको भनाइ छ । जिल्लास्थित नागरिक समाज सञ्जाल, गैरसरकारी संघ संस्था यसबारे कुनै चासो नदिएको सुमित्राका भिनाजु नवलसिंह विकले गुनासो पोखे ।

घटना ढाकछोप गर्न सहयोग पुर्याएको अभियोगमा कुण्डुवा चौकीका थानाध्यक्ष सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको सुमित्राका भिनाजु नवलले बताए । अन्य अभियुक्तलाई पक्राउ गर्न अनुमण्डल प्रहरी पदाधिकारी सिकहरनाको नेतृत्वमा एसआईटी गठन गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

जिल्ला प्रशासन र प्रहरी कार्यालय, बर्दियामा पीडित परिवारले दोषीमाथि कडा कारबाही र न्याय दिलाउन पहल गरिदिन निवेदन दिएको प्रहरी नायब उपरीक्षक हेम शाहीले बताए ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech