१३ बैशाख २०८१, बिहीबार

भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जस्थित भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरिएको छ । अस्पताल विकास समितिले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरेको हो ।

समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ र धनीराम वलीले काठमाण्डौमा स्वास्थ्य मन्त्री त्रिपाठीलाई ज्ञापनपत्र बुझाएका हुन् । भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै केन्द्रमा रहेकाले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गरिएको श्रेष्ठले जानकारी दिए ।

ज्ञापनपत्रमा अस्पतालको पूर्वाधार निर्माण, उपकरणदेखि जनशक्ति व्यवस्थापन गर्न माग पनि गरिएको छ । सरकारले भेरी अस्पताललाई विशिष्टिकरण सेवा प्रदान गर्ने अस्पतालका रुपमा घोषणा गरिसकेकाले आवश्यक पर्ने जनशक्तिको आधारमा तत्काल दरवन्दी स्वीकृति गरिनुपर्ने माग स्वास्थ्य मन्त्रीसँग राखिएको छ ।

२ सय ६० शैयाको नयाँ अन्तरंग विभाग र ओपिडी ब्लकका लागि ७ तले भवन विस्तृत गुरुयोजना बनिरहेकाले त्यसको आधारमा आगामी बजेटमा सुनिश्चितता गर्न आर्थिक वर्षमा आवश्यक प्रक्रिया थालनी गर्न पनि मन्त्री त्रिपाठीसँग आग्रह गरिएको श्रेष्ठले बताए ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech