८ बैशाख २०८१, शनिबार

खनाल नेतृत्वलाई कौशिलानगरका ब्यापारीहरुको समर्थन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोहलपुर नगरपालिका वडा नं. १ र २ का ब्यापारीहरुले बिष्णु खनालको प्यानललाई समर्थन गर्ने प्रतिवद्धता जनाएका छन । यहि फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई सहयोग गर्ने त्यस क्षेत्रका ब्यापारीहरुले प्रतिवद्धता जनाएका हुन ।

बिहिबार खनालको नेतृत्वमा सुर्खेतरोड क्षेत्रका ब्यापारीहरुसँग भेटघाट गर्न पुगेका साझा समावेसी प्यानलका पदाधिकारीहरुलाई स्थानिय व्यापारीहरुले खुलेर साथ दिने प्रतिवद्धता जनाएका हुन ।

‘अधिकाशं ब्यापारीहरु हाम्रै पक्षमा देखिनुभएको छ’, महासचिव पदका उम्मेदवार नबिन खड्काले भने, ‘ब्यवसायीहरुको हक हितका पक्षमा खनाल नेतृत्वको टिमले काम गर्नेमा उहाँहरु विश्वस्त देखिनुभएको छ ।’ उनले त्यसक्रममा व्यवसायीका समस्याहरु बारे सुझाव समेत संकलन गरीएको जानकारी दिए ।

अध्यक्ष पदका उम्मेदवार बिष्णु खनालले आफुहरुले व्यवसायीको सुझाव अनुसार पारदर्शि तरिकाले काम गर्ने प्रतिबद्धता जनाएको बताए । उनले ‘व्यवसायीक हित र अधिकारका लागी व्यवसायीक एकता’ भन्ने मुल नारकाका साथ आफुहरु चुनावमा होमिएको बताउँदै जित वा हारले आफुहरुको उद्धेश्यमा कुनै प्रभाव पार्न नसक्ने जिकिर गरे ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech