१५ चैत्र २०८०, बिहीबार

राँझा विमानस्थलमा आपतकालीन पूर्वाभ्यास
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जको राँझा विमानस्थलमा बृहत् आपतकालीन पूर्वाभ्यास गरिएको छ । विमानस्थलभित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिकरुपमै अभ्यास गर्न बृहत् आपतकालीन पूर्व अभ्यास गरिन्छ ।

फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा आएका थिए । एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालीन अभ्यास गरिएको राँझा विमानस्थल नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

पूर्व अभ्यासमा एकाएक विमान दुर्घटना भएको दृश्य देखिन्छ । तत्काल दमकल पुगेर आगो निभाउँछ । सुरक्षाकर्मीले घाइतेहरुको उद्धार गर्छन् र अस्पताल पठाउँछन् । पूर्व अभ्यासको समयमा विमानस्थल बन्द गरिएको थियो ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech